स्टक ब्रोकरको कार्यालयमा भीड गर्न नआउनु, अनलाइनबाटै सबै काम गर्नुस्ः एशोसियशन

Advertisement

काठमाडौं । स्टक ब्रोकर एशोसियशनले कोरोना भाइरस (कोभिड १९)को जोखिममा भीडभाड गर्न नआउन लगानीकर्ता र संघकै सदस्यहरुलाई आग्रह गरेको छ । 

कोरोना संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको भन्दै एशोसियशनले ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरm समेत उच्च जोखिममा परेको, कतिपय कम्पनीहरmमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको बताएको छ । 

Advertisement

हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्नसक्ने अवस्था रहेकाले विद्युतीय माध्यमबाट सबै काम गर्न एशोसियशनले सबैलाई आग्रह गरेको छ । 

Advertisement

Advertisement