यस बर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

Advertisement

काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार व्यक्तिलाई नदिएर संस्थालाई दिइएको छ । शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले संयुक्त राष्ट्र संघीय संस्था विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई सन् २०२० को शान्ति पुरस्कार दिने निर्णय गरेको हो । 

भोकमरी न्यूनीकरण गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि डब्लूएफपीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटिले जनाएको छ । डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै भोकमरी कम गर्न भूमिका खेलेको नोबेल कमिटिको विश्लेषण छ । 

Advertisement

डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो । संस्थाले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर उपहार पाउनेछ । यसअघिको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई दिइएको थियो । यो पुरस्कार शान्ति र मानवअधिकार क्षेत्रका माम गर्ने संस्था तथा व्यक्तिलाई प्रदान गर्ने चलन छ । 

Advertisement

Advertisement