शुक्रबारसम्म सानिमा जनरलको आईपीओमा छ गुणा बढी आवेदन

Advertisement

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले  विक्रीमा ल्याएको आईपीओमा शुक्रवारसम्ममा करीब छ गुणा आवेदन परेको छ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार शुक्रवार साँझसम्ममा उक्र कम्पनीको आईपीओमा ७ लाख ४४ हजार ४९१ जना आवेदकले रू. १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार  बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

Advertisement

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको कुल शेयरमध्ये ५ दशमलव ९४ गुणा धेरै हो।

कम्पनीले निष्काशन  गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्ड, बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको शेयरमा मागमा करीब छ गुणा बढी आवेदन परिसकेकोले उक्त आईपीओको विक्री अवधि असोज २५ गते नै समाप्त हुने भएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement