भ्याटमा दर्ता भएका २९ हजारले कर बुझाउन सकेनन्, अधिकांश निष्क्रिय

Advertisement

काठमाडौं । आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएर लामो समयदेखि कर बुझाउन नसकेका तथा नबुझाएका कम्पनी तथा फर्महरुको सुची सार्वजनिक गरेको छ । 

देशभरी झन्डै साढे २९ हजारको संख्यामा रहेका यस्ता कम्पनी तथा फर्महरुको संख्या बढ्दै गएपछि फागुन मसान्तसम्म कर बुझाउन आग्रह गरिएको छ । देशभरका करदाता सेवा कार्यालयहरुबाट संकलन भएको विवरण अनुसार भ्याट लागू भएदेखि २०७५ सम्म कर नबुझाउने कम्पनी तथा व्यवसायिक फर्महरुको संख्या २९ हजार ४४७ रहेको छ । 

Advertisement

गएको आर्थिक बर्षसम्म भ्याटमा दर्ता हुने करदाताको संख्या दुई लाख ५५ हजार ९६३ रहेको छ । त्यसमा कर विवरण नबुझाउने, सून्य कर विवरण बुझाउने करदाताको संख्या बढ्दै गएको देखिन्छ । निष्क्रिय रहेका कम्पनी तथा फर्महरुलाई खारेज गर्न निजी क्षेत्रले माग गर्दै आए पनि सरकारले अटेर गर्दै आएको छ । 

भ्याट नबुझाएको भन्दै विभागले सार्वजनिक गरेको सुचीमा नाम चलेका व्यवसायी र व्यवसायिक संस्थाहरुको पनि नाम छ । 

Advertisement

Advertisement