उत्पादन सुरु गरेको दुई बर्ष भइसक्दा पनि होङसी सिमेन्टलाई सरकारले बिजुली दिएन्

Advertisement

काठमाडौं । सत्तरी प्रतिशत वैदेशिक लगानीमा सञ्चालित ठूलो लगानीको सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टले साढे २ वर्षदेखि विद्युत् पाउन नसक्दा आयातित डिजेलकै भरमा सिमेन्ट उत्पादन गर्न बाध्य भएको छ ।

वैदेशिक लगानीका उद्योगहरूलाई सडक, बिजुलीजस्ता पूर्वाधार बनाई सहजीकरण गर्ने सरकारको घोषित नीति छ । तर, रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन शुरू गरेको साढे २ वर्ष बितिसक्दा पनि सरकारले लाइनबाट बिजुली उपलब्ध गराएको छैन ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले उक्त उद्योगलाई विद्युत् उपलब्ध गराउने गरी प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पुर्‍याउने लक्ष्य राखेको थियो । तर, वनका रूख कटान, जग्गा विवाद, कोरोना भाइरस (कोभिड–१९)का कारण यो लक्ष्य प्रभावित भएको छ । यसले गर्दा एकातिर राज्यले बिजुली विक्रीबाट कमाउने करोडौं राजस्व गुमाएको छ भने उद्योग महँगो डिजेलबाट उद्योग सञ्चालन गर्न बाध्य भएको छ ।

उक्त प्रसारणलाइन नवलपरासीको बर्दघाट र सर्दीसम्म (कारखाना रहेको स्थान)को दूरी जम्मा २० किलोमीटर छ । ‘सरकारले वैदेशिक लगानीलाई प्राथमिकता दिएको प्रचारप्रसार जति गरेर पनि हामीले त्यसको अनुभूति गर्न भने पाएनौं,’ ती अधिकारीले भने, ‘अहिले डिजेल प्रयोग गरी उत्पादन गर्दा मासिक रू. २१ करोड खर्च हुँदै आएको छ, यदि विद्युत् हुन्थ्यो भने एक तिहाइले खर्च कम भई उत्पादन अझ सस्तोमा विक्री गर्न सकिने थियो ।’

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement