बैंक र अटो व्यवसायीलाई दशैं फलदायी, गाडिको बिक्री बढ्यो

Advertisement

काठमाडौं । दशैंको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको छैन ।

चाडबाड आउँदै गर्दा सवारीसाधन बिक्रेतासँगै बैङ्कहरूले पनि आक्रामक र प्रतिस्पर्धी अफर लिएर आएका छन् । नयाँ सवारीसाधन खरिद गर्न चाडपर्वकै समय कुर्ने ग्राहकलाई लक्षित गर्दै बिक्रेता कम्पनीसँगै केही वर्षदेखि बैङ्कहरूले पनि सवारी कर्जामा विशेष योजना नै फर्माउन थालेका हुन् ।

Advertisement

नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले बैङ्कहरूले प्रवाह गर्ने सवारी कर्जा राम्रै गएको बताए । कोरानाको कारण सुस्त रहेको कर्जाको माग पछिल्लो समय बढ्दै जानु राम्रै कुरा भएको बताउँदै उहाँले सवारी कर्जा पनि विगतका वर्षमा भन्दा धेरै नघटेको बताए । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालको अनुभवमा पनि पछिल्लो समय सवारीसाधनको व्यवसायमा सुधार आएको छ । उनले भने, “कोरोना सन्त्रासमा पनि दशैँका बेलामा यो व्यापार स्वभाविक हो । ”

यतिबेला चार महिनाको व्यापार गर्ने समय भएको भन्दै उनले नाडा अटो सो नहुँदा व्यापार भनेजस्तो नभए पनि व्यवसायीलाई राहत भएको जनाए । नाडाका उपाध्यक्ष प्रकाश कपुरीले पनि अहिलेको अवस्थालाई अघिल्लो वर्षभन्दा नराम्रो भन्न नमिल्ने बताए । 

गोरखापत्र दैनिकबाट । 

Advertisement

Advertisement