मानवअधिकार उल्लंघनकर्ता भन्दै २८६ को नाम सार्वजनिक, नेताहरु कोही पनि परेनन्

Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनकर्ता भन्दै २८६ जनाको नाम सावजनिक गरेका छन् । पार्टीका ठूला नेताहरुलाई छुटाएर सार्वजनिक गरिएका मानवअधिकार उल्लंघनकर्ताहरुको सुचीमा पूर्वप्रशासक, सुरक्षा निकायका अधिकारी, तत्कालिन नेकपा माओवादीका स्थानीय अगुवाहरुको नाम रहेको छ । सुचीमा पूर्वप्रधानसेनापतिदेखि पूर्वप्रहरीप्रमुखसम्म रहे पनि उनीहरुलाई निर्देशन दिने गृहमन्त्री, रक्षामन्त्री, प्रधानमन्त्री, लडाकुका कमाण्डरदेखि सुप्रिम कमाण्डरहरुलाई नराखिनु अर्थपूर्ण देखिन्छ । 

आयोगले २० वर्षमा गरेका कामको समीक्षासहित सार्वजनिक गरिएको जनाइएको प्रतिवेदनमा तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूको नाम रहेको जनाइएको छ । 

Advertisement

जसमा निजामती कर्मचारी १६, नेपाल प्रहरी ९८, नेपाली सेना ८५, सशस्त्र प्रहरी ८, नेकपा माओवादी ६५, शिक्षक चार, चिकित्सक दुई, मावअधिकारकर्मी एक र अन्य सात जना रहेका छन् । मानवअधिकार उल्लंघनमा तत्कालिन सत्ताधारी पक्ष र विद्रोही माओवादीका नेताहरुको मुख्य दोषी रहे पनि तल्लो तहकालाई मात्रै दोषी औंल्याउँदै नाम सार्वजनिक गरिएको हो । 

साथै, आयोगले सिफारिस गरेका एक हजार १९५ जना मानवअधिकार उल्लंघनकर्ताहरूको अवस्था उल्लेख गरेको छ । जसमा ७७९ जना राज्यपक्षका, २८७ जना माओवादी पक्षका, सरकार र माओवादी संयुक्त ३८ जना, प्रतिकार समूहका २३ जना, शिक्षक १६ जना, अन्य ५२ जना रहेका छन् ।

Advertisement

Advertisement