एक बैंक र एक लघुवित्तको १ करोड १ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा यो साता १ करोड १ लाख ५५ हजार ३ सय ३५.६८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

यसैक्रममा गत आइतबार हिमालयन बैंकको ८५ लाख २० हजार २ सय २५.८४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस शेयर बापतको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

यसैबीच गत बुधबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १६ लाख ३५ हजार १ सय ९.८४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।शेयरधनीहरुलाई प्रदान गरिएको २६ प्रतिशत बोनस शेयर बापतको उक्त शेयर नेप्सेमा सूचीकृत गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement