‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ योजनामा दैनिक एक लाख र बम्परमा पाँच लाख पुरस्कार

Advertisement

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपियाँ जित्न सकिनेछ । 

कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना सुरु गरेको फोन पे को भनाई छ । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिएको छैन् । 

Advertisement

फो पे का करिब डेढ लाख मर्चेन्ट रहेका छन् ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । 

Advertisement

Advertisement