कोरोना उपचारमा रेम्डिसिभरः नेपालले अनुमति दियो तर विश्व स्वास्थ्य संगठनले भन्यो-'कामै छैन्'

Advertisement

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाको उपचारमा रेम्डिसिभर र हाइड्राक्सीक्लोक्विन(एचसीक्यु)ले काम नगर्ने स्पष्ट पारेको छ । संगठनले कोभिड १९ को उपचारमा प्रयोग भैरहेका यी दुईसहित अन्य केहि औषधीको प्रभावबारे विस्तृत अध्ययन तथा परिक्षण गरेको थियो । सो परिक्षणले रेम्डिसिभर र हाइड्राक्सीक्लोक्विन औषधीहरु कोरोना भाइरस नियन्त्रणमा खासै प्रभावकारी नभएको निष्कर्ष निकालेको हो । रेम्डिसिभिर नै कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएको पहिलो औषधी हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि यहि औषधी प्रयोग गरिएको थियो । 

नेपालले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न शुक्रबार मात्रै तीन कम्पनीलाई अनुमति दिएको थियो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार  औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा  दुई नेपाली र एक भारतीय कम्पनी थिए ।

Advertisement

उनका अनुसार  नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र  भारतको हेट्रो ल्याब्स लिमिटेडलाई  रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि  अनुमति दिइएको थियो । 


रेम्डिसिभरको उत्पादक कम्पनी गिलिएडले विश्व स्वास्थ्य संगठनको अध्ययनलाई खारेज गरिदिएको छ । संगठनले सोलिड्यारिटी ट्रायलका क्रममा चार वटा औषधीको परिक्षण गरेको थियो । जसमा रेम्डिसिभर, हाइड्राक्सीक्लोक्विन, अटो इम्युन ड्रग इन्टरफेरान र एचआइवीको संयोजनबाट बनेको लोपिनाविर र रिटोनाविर सामेल थिए । बेलायतमा कोभिड १९ का गम्भिर बिरामीको उपचारमा प्रयोग गरिएको न्युन मूल्यको स्टेराइड डेक्सामेथासोनलाई भने यस अध्ययन सामेल गरिएन् । 

३० अलग अलग देशका ५ सय अस्पतालमा ११ हजार २ सय ६६ जना वयस्क संक्रमितहरुमा यी औषधीको परिक्षण गरिएको थियो । विश्व स्वास्थ्य संगठनको परिक्षण परिणाम अनुसार संक्रमितको ज्यान बचाउन र संक्रमणको दिन घटाउन पनि यी औषधी उपयोगी भएनन् । संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले बुधबार भनेका छन् की हाइड्राक्सीक्लोक्विन र लोपिनावी र रिटोनावीरको परिक्षण जुन महिनामै रोकिएको थियो । किन की यी दुई औषधी त्यति बेलै निष्प्रभावी सावित भैसकेका थिए । 

Advertisement

Advertisement