एनसेलले नारीका लागि ल्यायो ‘गो सिमः अघि बढौं’ अफर

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढांै’ भन्ने थिममा विभिन्न सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको कम्पनीले जनाएको छ । 

यो सिम ग्राहकले शनिबारदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ मा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् ।

Advertisement

यसका साथै ग्राहकले गो सिममार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।  प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ । 

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप यो सुविधा ल्याइएको एनसेलको भनाई छ । गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् । 

यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने छ ।  

त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा पनि रहेको छ । जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफुले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स१७१८०ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स१७१८०एस्ट्रिक्स१ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ । 

थप आकर्षणका रुपमा गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् । 

यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले  एस्ट्रिक्स१७१०४ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।  
 

Advertisement

Advertisement