काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो सम्पन्न बैठकले कात्तिक १६ गतेदेखि लागु हुने गरी पौडेललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव तथा कामु सीईओ दानराज पन्तले जनाएका छन् ।