उत्कृष्ट फ्रन्ट क्यामेराको साथ भिभोको भीट्वान्टी नेपाली बजारमा, मूल्य रु. ४८ हजार

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भीट्वान्टी नेपाली बजारमा बिक्री सुरु गरेको छ । भीट्वान्टीमा रहेको ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकस (एएफ) सक्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

स्लिम र लाईटवेट पनि रहेको नयाँ भीट्यान्टीमा ७.३८एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको, जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता दिलाउने कम्पनीले जनाएको छ । 

Advertisement

उक्त स्मार्टफोनमा ६४एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरीय तस्बिर प्रदान गर्दछ । यो फोन ३३वाट फ्ल्यास चार्ज क्षमताद्वारा समर्थित रहेको जसले भीट्वान्टीलाई दिनभर प्रयोगमा रहन सक्षम बनाउने जनाइएको छ ।

उत्कृष्ट अटो–फोकस क्षमताको साथ अग्रिम क्यामेरा प्रविधि

भीट्वान्टीको अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको भिभो नेपालले जनाएको छ । जसले सेल्फीप्रेमीहरुका लागी सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्ने उसको भनाई छ ।

उक्त स्मार्टफोनमा ४४एमपी आईअटोफोकस विशेषता रहेको छ जसले जीवनको हरेक पल अत्यन्तै सहज र स्थिर रुपमा कैद गर्न सकिन्छ । यस विशेषताले सेल्फी लिँदा तस्बिरको फोकस सधैँ कायम रहन्छ । यसको लेन्स आई अटोफोकससँग सुसज्जित छ जसले चलिरहेको वस्तुहरुमा फोकस गर्न अग्रिम एल्गोरिदमहरुको प्रयोग गर्दछ । यसको शक्तिशाली सब्जेक्ट्–ट्रयाकिङ प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याउँछ ।

उक्त विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गर्दछ । यस विशेषताबाट सेल्फी प्रेमी र सामग्री सर्जकहरुले निकै लाभ उठाउन सक्ने जनाइएको छ । 

  • सुपर नाइट सेल्फीः उत्कृष्ट अटोफोकस विशेषताको साथ, प्रयोगकर्ताहरुले अँध्यारो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट–उज्यालो सेल्फीहरु लिन सक्नेछन् । भिभो भीट्वान्टीको विभिन्न एक्स्पोजर र नोईज–क्यानसिलेशन्–एल्गोरिदमले अँध्यारोमा पनि अनुहारको अत्यधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ । साथै, अउरा स्क्रिन लाइटले स्वतरुपमा उत्कृष्ट सेल्फीको लागी प्रकाश मिलाउँदै तस्बिरमा उत्तम रंग तापमान र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।
  •  ड्युल भ्यू भिडियोः यस विशेषताले दुवै फ्रन्ट र रियर क्यामेरा एकै पटक प्रयोग गरि भिडियो रेकर्ड गर्न सकिन्छ । यस विशिष्ट विशेषताले दुवै फ्रन्ट र रियर क्यामेराको फुटेज जोड्दछ जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा अन्तरक्रियात्मक भिडियो रेकर्ड गर्न सक्छन् ।
  •  स्लो–मो सेल्फी भिडियोः यस स्लो–मो विशेषताबाट प्रयोगकर्ताहरुले वास्तविक क्षणहरु रेकर्ड गरि समयको गति नियन्त्रण गर्न सक्छन् । यस विशेषतामार्फत प्रयोगकर्ताहरुले २४०एफपीएचको मजा लिँदै, छिटो र ढिलो गतिमा स्विच गर्न सक्छन् ।
  • स्टिडिफेस सेल्फी भिडियोः प्रयोगकर्ताहरुको फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई स्टेडिफेस सेल्फी भिडियो विशेषताले थप पूर्ण बनाउँछ । यसले अनुहारमा फोकस केन्द्रित गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरिरको चालको कारणले हुने धमिलो ईमेजहरु घटाउँछ । यसमा रहेको फेस–डिटेक्सन्–एल्गोरिदमले भिडियो लिँदा स्थिरता दिलाउँछ ।
  • फोरके सेल्फी भिडियोः यस फोरके सेल्फी भिडियो मोडले फोरके रिजोलुशनको साथ भिडियोहरुमा थप निखार प्रदान गर्दछ । यस विशेषताले आकर्षक र लोभलाग्दोे इफेक्टस्हरु प्रयोग गर्नको लागी एडिटिङ–टुल–किट प्रदान गर्दछ ।
  • मल्टि–स्टाइल पोट्रेट र एआर स्टिकरः यी दुई विशेषताहरु होशियारीका साथ निजीकृत रंग र फेस–ब्यूटी समर्थन गर्नका लागि बनाईएको हो । यी विशेषताहरुले फाटो– स्टाईल–इफेक्ट्स्को एक विस्तृत विविधताको लागी प्रयोगकर्ताहरुको रचनात्मक माग पूरा गर्दछन् ।

६४एमपी मेन रियर क्यामेरा, ८एमपी मल्टिफङशन क्यामेरा (सुपर वाइड एंगल, बोकेह, सुपर माइक्रो) र २एमपी मोनो क्यामरा सेटअपले अल्ट्रा–क्लियर र हाइ–डिफिनिशन फोटोग्राफी अनुभव प्रदान गर्दै जीवन्त, जटिल विवरणहरु कैद गर्छ जुन मजाले जुम गर्दा पनि स्पष्ट रहन्छ । मल्टि–फङसशनल क्यामेराले सुपर म्याक्रो, बोकेह र ब्ल्याक एण्ड ह्वाईट ईफेक्ट्स्हरुको साथ फोटोग्राफीको लागी धेरै परिप्रेक्ष्यहरु सिर्जना गर्दछ । भीट्वान्टी रियर क्यामेराले पनि ग्राहकहरुको जीवनको क्षणहरु कैद गर्नका लागी धेरै विशेषताहरु प्रदान गर्दछ ।

  • सुपर नाइट मोडः रातको समयमा फोटोग्राफी गर्नुको अनुभवमा भीट्वान्टी रियर क्यामेराको सुपर नाईट मोडले विशेष फिल्टरहरुबाट अन्धकारमा लुकेका छायाहरुलाई कैद गर्दै थप पूर्णता दिलाउँछ । साथै, नयाँ ट्रिपोड नाइट मोडले स्थिरता र एक्सपोजर बढाउँछ जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ ।
  • मोशन अटोफोकसः यस विशेषताले चलिरहेको वस्तुहरु ट्रयाक गर्दछ । कुनै पनि व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट््याप गरेपछि, पुरा फ्रेमभरि नै त्यसैमा निरन्तर फोकस बसिरहन्छ ।


निकै होसियारी साथ तयार गरिएको स्लिक डिजाईन र कलर पल्लेट
भीट्वान्टी आफ्नो अल्ट्रा–स्लिक र स्टाईलिस् कलर पल्लेटको साथमा शानदार देखिने स्मार्टफोनको उत्तम उदाहरण बनेको छ जुन युवाहरुको स्मार्ट र विकसित जीवनशैलीसँग सजिलै मेल हुन्छ । यसमा ७.३८एमएम अल्ट्रा स्लिक डिजाइन र २.५डी को आकार मात्र १७१जी वजन रहेका छ । यसमा रहेको ६.४४ इन्च अमोलेड एफएचडी प्लस डिस्प्लेले रंगहरुलाई एकदम जीवन्त बनाउँछ ।

भीट्वान्टीमा रहेको एजी ग्लास टेक्नोलोजी र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामेरा सेटअपको साथमा यो एक प्रिमियम लुक भएको स्मार्टफोन हो जसले युवा जीवनशैलीलाई थप पुरक गर्दछ । भीट्वान्टीको समग्र सौन्दर्यशास्त्र एक फेशनेबल र ट्रेन्डी सेल्फी–प्रेमी प्ुस्तालाई प्रभावित गर्ने हिसाबले डिजाईन गरिएको छ ।

  • एजी ग्लास टेक्नोलोजीः भीट्वान्टीको ब्याक कभरमा एजी ग्लास प्रविधि रहेको छ जसले राम्रो पकड दिन्छ । एजी म्याटे ग्लासले धुलोरहित र स्क्रयाच प्रतिरोध लुक प्रदान गर्छ र यो ग्लासले एक नरम स्पर्श प्रदान गर्दै स्मार्टफोनको सतहलाई थप परिष्कृत गर्दछ ।
  • ड्युल टोन स्टेपः भीट्वान्टीमा होसियारीका साथ अदितीय रुपमा फ्ल्यास पहिलो तहमा छ र क्यामेराहरु दोस्रो तहमा राखी तयार गरिएको छ । पछाडिको रियर क्यामेरा राम्ररी पातलो तहहरुमा संगठित छन् ।
  • भीट्वान्टीका रंगहरु प्रकृतिको रहस्यमय सुन्दरताबाट प्रेरित रहेको भिभो नेपाल बताउँछ । यो दुई फेशनेबल रंगहरुमा उपलब्ध छ जुन विशेष रुपमा प्रयोगात्मक युवाहरुको फेशन भावना र आत्म अभिव्यक्तिसँग मेलखाने रुपमा डिजाईन गरिएको छ ।
  • मिडनाइट ज्याज यसको सिग्नेचर रंग हो । यो रहस्यमय र ऊर्जाले भरिएको छ र अराजकताको बीचमा दृढ रहनको लागी शान्ति र आत्मविश्वास प्रदान गर्दछ ।
  • सनसेट मेलोडी सूर्यास्त हुँदा समुद्रि किनारहरुको सम्झना दिलाउने न्यानो रंगहरुबाट प्ररित रहेको छ ।

पावर–प्याक्ड् प्रदर्शनी
भीट्वान्टी दुवै डिजाईन एक्सेसोरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागी एक शक्तिशाली कम्प्यूटिङ उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केही विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।

  • प्रोसेसर एण्ड स्टोरेजः भीट्वान्टीमा क्वायलकम स्नापड्रागन ७२०जी प्रोसेसरको क्षमता रहेको छ जसले एप्लिकेशन र गेमहरुको लागी ८जीवी र्याम्प र १२८ जीवी रोमको लागी उत्कृष्ट प्रदर्शनी प्रदान गर्दछ । साथै, फनटच ओएस ११ (एन्ड्रोइड ११मा आधारित)ले अवरोधहिन प्रयोगकर्ता अन्तत्र्रिmयाको लागी फोनलाई सक्षम बनाएको छ ।
  • ब्याट्रीः भीट्वान्टीमा ४ हजार एएचब्याट्रीको साथमा ३३वाट फ्यास लाइट रहेको छ जसले बिजुलीको गतिमा ६५ प्रतिशतसम्म ब्याट्री भर्न सक्छ । बलियो ब्याट्री र फ्ल्यासचार्जको साथमा प्रयोगकर्ताहरुले थप सहज मोबाईल अनुभव लिन सक्छन् र विभिन्न अवस्थाहरुमा आफुलाई रेकर्ड गर्न सक्छन् ।
  • मल्टि टुर्बोः यस मल्टि टर्बो विशेषताले टर्बो प्रविधिहरुबाट भीट्वान्टीको समग्र प्रदर्शन बढाउँदछ । अत्यधिक उत्कृष्ट र जोडदार गेमिंग अनुभवको लागी गेम टुर्बो पनि साथमा रहेको छ ।
  • मेमोरी रिचार्जर यस अद्धितीय विशेषताले प्रयोगकर्ताहरुलाई पुराना सम्झनाहरु जीवित बनाउँन मदत गदर्छ । यो आकर्षक विशेषताले तुरुन्तै अस्पष्ट पुराना तस्बिरहरुमा स्पष्टता पुनस्र्थापित गदर्छ र यसको स्मार्ट कलरिंग उपकरणले रंगलाई अझ बढाउँदछ ।

उपलब्धता विवरण
भीट्वान्टी आजबाट नेपाली बजारमा ४७ हजार ९९० मा खरीद गर्न सकिने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement