‘तिमीहरु जति लम्पट बन्छौ, त्यति नै चाँडो जनताका आँखा खुल्छन'

प्राडा युवराज सँग्रौला

दिनहरु बदलिन्छ्न । कोही खुशी हुन्छ्न कोही दुखी । इतिहास लामो छ । तर यसभित्र अनुभव, ज्ञान र जानकारीको भन्डार छ। भारत र चीन बिचमा नेपाली संस्कृति, भाषा र वैभवको इतिहास लामो छ। राणाहरुले यो इतिहास जोगाउने कुनै प्रयास गरेनन, राजा महेन्द्रले केही गर्ने प्रयास गरे । जब लोकतन्त्र आयो, आशा थियोे जनताले गौरव गर्नेगरी इतिहासको संरक्षण हुनेछ । तर सबै ध्वस्त भयो। 

१. मगध र चीनका इतिहासहरु लेखिएका छ्न। यी दुबै देशले आदिम कालदेखि विद्वानहरुको उपयोग गरे, अभिलेख दुरुस्त राखे, विद्वानका कृतिहरु जोगाएर राखे। ती अभिलेखबाट उनीहरु आज सिक्दैछन। मिङ्ग बंशका एक राजाको दरबारमा ूसफलता के होू ? भनी छल्फल भयो बैठकमा। मन्त्रीहरु तम्सिए जवाफ दिन। प्रुमुख मन्त्रीले भने, यो जवाफ दिने जिम्मा विद्वानको हो। तब एक जना कहलिएका विद्वानको लेख पढियो। त्यसमा लेखेको थियो, ‘मानिसको जीवनको सफलता राष्ट्रको सेवा हो। राष्ट्रका लागि काम गर्ने मानिसको महानता र गौरब इतिहासमा लिपिबद्ध भएको हुन्छ।’ मन्त्रीज्यूहरु, सचिवज्यूहरु तथा प्रधानमन्त्रीज्यूहरु के तपाइँले इतिहासमा आफूलार्इ लिपिबद्ध गर्नु भयो ? यो प्रश्न समयको आवाज हो।

२. त्यो लेख लेख्ने विद्वानलार्इ सम्राटले बोलाएर दरबारमा काम गर्न अनुरोध गरे। तर विद्वानले इन्कार गरे। उनले भने, ‘म दुनियाँलाई आँखा देखाउने काम गर्छु, जागिर खान्न ।’ जुन मानिसले शिक्षा जागिर खान, जमिन किन्न  र पैसा कमाउन मात्र लिन्छ, उसको अन्त्य भ्रस्टाचारमा हुन्छ । यस्तो विद्वानले सफलता र गौरवको इतिहास खोज्दैन। हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु कतिले राष्ट्रको सेवाबाट सफलता र आफ्नो ज्ञानको गौरव खोज्ने विद्वानहरु खोजेर देश सेवा गराउने चाहाना राख्नुभयो ?

३. त्यो बैठकमा थुप्रै छलफल अरु पनि भए। मानिसले जो सत्तामा छ, उसले सबैभन्दा बढी माया केलाइ गर्छ ? मन्त्रीले, जर्नेलले, दरबारीया सबैले भने ‘देशलाई’। फेरि त्यो विद्वानको लेख हेरियो। त्यहाँ लेखेको रहेछ, मन्त्री र जागिरेले देश, आमा, घर सबै छोड्छ, तर षडयन्त्र गर्न कहिल्यै छोड्दैन। उसले सबैभन्दा बढी माया आफ्नै गर्छ। गर्धन जान दिन्छ तर पद जान दिंदैन।

४. कन्फुसियसले भनेका छन, ‘सबै मानिसलाई बदल्न सकिन्छ। तर धनको लोभी र पदको लोभी मानिसलाई बदल्न सकिन्न।’ हामी नेपाली समाजमा यसलाइ रोगकै रुपमा उदाएको देख्न सक्छौ। कन्फुसियसको अनुभव छ, यस्तो समाजमा सबैभन्दा ठूलो पीडा विद्वान र खेती गर्ने मानिस भोग्छ, तब ज्ञान र खेती दुबै मासिन्छ्न। नेपालमा बिद्वान पनि सबै मासिए, कृषि पनि मासियो।

५. मिङ्ग बंशको ढुकुटी सकिएको थियो। उसले धान खेत मासेर किम्मुको खेती गरि व्यापार बढाउने बिचार गर्यो। तर किसानले बिद्रोह गरे। तब फुजियनबाट एक बिद्वान शिक्षकलाई बोलाइ हाकिम बन्न अनुरोध गरियो। धेरै फकाएपछि उनले माने। तब उनलाइ सोधियो, कसरी काम फत्ते गर्नु हुन्छ ? उनले भने, १. अन्वेषणद्वारा कामको तयारी गर्छु । किनकी राम्रो तयारीले सफलता जन्माउँछ।ू २. तर अहिले धेरै समस्या छ्न । जनता बिद्रोह गर्दैछ्न, । राजाले सोधे। ‘तेसैले म सफल हुन्छु । बिद्रोह गर्ने जनताले साँचो र झुठो छुट्याउन सक्छ।ू ३. तर म सम्राटसँग पनि नडराउने जनताले तिमीलाइ कसरी मालिक मन्ला ? उनले जवाफ दिए, ‘म त उनीहरुको सेवक हुन्छु, मालिक होइन। किनकी हेभेनले यो जमिन काम गर्नेलाई दिएको हो, शासन गर्नेलाई होइन।’ राजा उनीसँग डराए। उनलार्इ काममा लगाएनन् । यिनै राजाहरु नेपालमा जन्मिएका हुन त ? नत्र किन विद्वानलाई निषेध र बद्नामलाइ पदक दिइन्छ नेपालमा ? 

६. राजाले सोधे, समस्याको समाधान कसरी गर्ने होला ? विद्वानले भने, ‘हरेक समस्याका बारेमा तीन पटक सोच्नु होस, जाल्साज गर्न होइन समाधान निकाल्न। १. पहिला त हस्तक्षेप गर्ने खतरा मोल्नुहोस्, आँट गर्नुहोस। २. तर त्यस हस्तक्षेपबाट फर्किनुपर्ने आवस्यकताका बारेमा पनि सोच्नुहोस् । र ३. सही अवसर र उपाए के खोज्न विद्वानलाई काम दिनुहोस् । उनले भने समस्या जति ज्यादा जटिल छ, त्यसबाटै जित हासिल हुन्छ। 

नेपाल गरिव छ, जनता बिपन्न छन, र परिबर्तन जटिल छ। त्यो नै नेपालले समृद्धि प्राप्त गर्ने अवसर र जितको पूर्वशर्त हो। तर हाम्रा नेताहरूलाई विद्वानहरुको बास्ना मन पर्दैन। 
नेपालले एक दिन परिबर्तनको सामना गर्नै पर्छ। इतिहासमा नेपालका दुबै छ्मेकी समाजमा एउटा उखान रहेछ, ‘आँधी जति ठूलो र भयंकर हुन्छ, त्यसको अवधी त्यति नै छोटो हुन्छ।’ चाणक्यले धननन्दलाइ भनेका थिए, ‘तिमी जति लम्पट बन्छौ, त्यति नै चाँडो जनताका आँखा खुल्छन।’ सरकारलाइ मेरो अनुरोध छ, नेपाललाई अघि बढाउने हो भने कृषिका लागि बिद्वान किसानलाई सल्लाहकार बनाउ । तेस्तै तेस्तै।