कात्तिक १६ गते हुने भनिएको लोकसेवाको परीक्षा फेरि स्थगित

Advertisement

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण देखाउँदै लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि गर्ने तयारी गरेको लिखित परीक्षा स्थगित गरेको छ । 

आयोगले सूचना जारी गरेर सबै लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो । आयोगले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Advertisement

कोरोनाका कारण लामो समयदेखि परीक्षा हुन नसक्दा परीक्षाको तयारी गरिरहेका लाखौं युवा अन्योलमा थिए । कात्तिक १६ बाट परीक्षा सुरु हुने कुरामा उनीहरुमा आशा जगाएको बेला फेरि परीक्षा स्थगित गरिएको हो । यसअघि परीक्षामा कोरोना संक्रमितमा प्रवेश नदिने निर्णय गरेको आयोगको निर्णय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत कार्यान्वयन नगर्न आदेश दिइसकेको छ । 

Advertisement

Advertisement