३७९० थपिए, २३३५ संक्रमण मुक्त, थप १८ जनाको मृत्यु

Advertisement

काठमाडौँ । तीन हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । १५ हजार ७ सय १४ वटा नमूना परीक्षणमा ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । 

आज थपिएकासहित कूल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । ती मध्ये ९४ हजार ५ सय १ जना संक्रमण मुक्त भएका छन् । आजैमात्र २३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

Advertisement

संक्रमित मध्ये काठमाडौँ उपत्यकाकै २३८८ जना छन् । कोरोना संक्रमणका कारण आज देशभरमा १८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ७ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । 

Advertisement

Advertisement