नेपाल इन्भेस्टमेण्ट बैंकले बिस्तार गर्यो दुई नयाँ एक्सटेन्सन काउन्टर

Advertisement

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । शुकुलधोका, भक्तपुर र मच्छेगाउँ, चन्द्रगिरी वडा न ९  मा काउन्टर विस्तार गरेको हो । 

शुकुलधोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए। मच्छेगौं एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

Advertisement

नवस्थापित एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्नेछ र हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ ।

एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र  ५६ शाखाविहीन बैंकिंङ काउन्टरबाट ग्राहकलाई सहयोग पुर्याइरहेको छ । 
 

Advertisement

Advertisement