अमेरिकी चुनावमा आर्थिक एजेण्डाः १० करोड रोजगारीदेखि न्युनतम तलब शतप्रतिशत वृद्धिसम्म

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यायी बीच एजेण्डागत प्रतिष्पर्धा उत्कर्षमा छ र त्यसकै आधारमा उनीहरुको हार जितको छिनोफानो समेत हुने निश्चित देखिन्छ । उनीहरुले आर्थिक मामिला, विदेश नीति, स्वास्थ्य, आन्तरिक सुरक्षामा बन्दुक, नश्लवाद, न्यायलय लगायतका विषयमा आ आफ्ना प्रतिवद्धताहरु मतदातामाझ राखिरहेका छन् । 
राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो वर्तमान नीतिको अनुमोदनसहित दोश्रो कार्यकाल ह्वाइट हाउस बसाई सुनिश्चित गर्न चाहान्छन् । उनीहरुका लागि आर्थिक नीति, विदेशी नीति, स्वास्थ्य लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आफ्ना धारणा बनाईरहेका छन् । 

आर्थिक नीति
१० महिनामा १० लाख रोजगारीः ट्रम्प
ट्रम्पले १० महिनामा एक करोड रोजगारी सृजना गर्ने घोषणा गरेका छन् । साथै १० लाख नयाँ साना ठूला उद्योग स्थापना गर्ने घोषणा पनि उनको छ । ट्रम्पले आयकर कटौती योजना पनि बनाएका छन् । साथै उनले उद्योगी व्यवसायीलाई कर छुट(ट्याक्स क्रेडिट) दिएर रोजगारी कटौती नगर्न प्रेरित गर्ने बताएका छन् । 

न्युनतम ज्याला शतप्रतिशत वृद्धिः वाइडन
अर्काे तिर जो वाइडनले उच्च आय भएका वर्गलाई कर बढाउने  र सार्वजनिक सेवामा लगानी थप्ने योजना अघि सारेका छन् । वाइडनले बार्षिक चार लाख डलर भन्दा बढी आम्दानी गर्नेहरुलाई मात्रै कर बढाउने बताएका छन् । वाइडनले राष्ट्रियस्तरमा न्युनतम मजदुरीको ज्यालादर बढाएर प्रति घण्टा १५ डलर बनाउने घोषणा गरेका छन् । हाल यस्तो ज्यालादर प्रति घण्टा ७.२५ डलर मात्रै रहेको छ । 

Advertisement

स्वास्थ्य 
ट्रम्पले ओवामाको समयमा पारित भएको अफोर्डेबल केयर एक्ट(एसीए) खारेज गर्ने बताएका छन् । यो ऐन मार्फत निजी स्वास्थ्य बीमा प्रणालीमा सरकारको नियन्त्रण बढाइएको थियो । साथै पहिलै देखि बिरामी रहेका नागरिकहरुलाई पनि बीमा दावी नगरिनुलाई पनि गैर कानुनी भनिएको थियो । ट्रम्पले यो कानुन खारेज गर्ने आश्वासन दिएका छन् । ट्रम्पले औषधीको मूल्य घटाउनका लागि बाहिरबाट औषधी आयात गर्न दिने सोँच पनि अघि सारेका छन् ।

तर वाइडनले भने एसीएलाई बचाउने मात्रै होइन की थप विस्तार गर्ने घोषणा गरेका छन् । वाइडन मेडिकेयरका लागि उमेर सिमा ६५ बाट घटाएर ६० वर्ष बनाउन चाहान्छन् । अमेरिकामा मेडिकेयरका माध्यमबाट वृद्धहरुलाई स्वास्थ्य सेवा उपलब्ध हुन्छ । उनले सबै अमेरिकीलाई मेडिकेयरको जस्तै पब्लिक हेल्थ इन्स्योरेन्सको विकल्प पनि दिन चाहान्छन् । 
विदेश नीति
ट्रम्पले विदेशमा रहेका अमेरिकी सेनाहरुको संख्या घटाउने घोषणा गरिरहेका छन् र अमेरिकी सेनामा लगानी भने बढाउने बताउँछन् । उनी अन्तराष्ट्रिय गठबन्धनहरुलाई चुनौती दिँदै जाने र चीनियाँ समानमा भन्सार दर बढाउने कामलाई निरन्तरता दिने पक्षमा छन् । 

तर वाइडनले भने विदेशी मित्र देशहरुसँगको सम्बन्ध सुधार्ने बताएका छन् । उनले चीनियाँ उत्पादन माथी एक तर्फी शुल्क पनि नलगाउने बताएका छन् । अन्तराष्ट्रिय गठबन्धनको माध्यमबाट चीनलाई जवाफ दिने वाइडनको योजना छ । 
 

Advertisement

Advertisement