दशैँ भत्ता बापतको रकम फिर्ता गर्ने विकास समिति सभापति कल्याणी खड्काको घोषणा

Advertisement

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले दशैं भत्ता बापतको रकम फिर्ता गर्ने घोषणा गरेकी छिन् । 

संघीय संसद सचिवालयका महासचिवलाई आज पत्र लेख्दै सभापति खड्काले उक्त दशैं भत्ता बापतको रकम फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोध गरेकी हुन् । 

Advertisement

‘देश अहिले कोभिड–१९ को महामाराीबाट गुज्रिरहेको अवस्थामा जनताका प्रतिनिधि सांसदहरुलाई दशैँ खर्चको रुपमा भत्ता उपलब्ध गराउने निर्णय उपयुक्त होइन, तसर्थ उक्त रकम कोभिड–१९ पीडितको उपचारमा थोरै भएपनि उद्दत पुग्ने देखि सो दशैँ खर्च नलिने निर्णय गरेकी छु’– सभापति खड्काले पत्रमा उल्लेख गरेकी छिन् । 


 

Advertisement

Advertisement