‘देश धर्मनिरपेक्ष भइसक्यो, अब किन दशैं भत्ता ? कर्मचारीको पनि फिर्ता गरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश धर्मनिरपैक्ष भइसकेपछि पर्वमुखी भत्ता दिने प्रणाली खारेज हुनुपर्ने तर्क गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले दशैं खर्चका नाममा दिइएको भत्ता साँसदको मात्रै नभएर कर्मचारीको पनि फिर्ता हुनुपर्ने बताएका छन् । 

बाबुरामले पर्वमुखी भत्ता प्रणालीलाई खारेज गर्नुपर्ने भन्दै लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भत्ता नलिने घोषणा गर्नु सट्टा नेता, सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र ?’

कर्मचारीले पनि दसैं भत्ताको नाममा ठूलो रकम लिने भएकाले त्यो पनि फिर्ता गराई कोरोना पीडितको उपचारमा लगाउनुपर्ने भन्दै बाबुरामले लेखेका छन्, ‘सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ कोरोना पीडितमा लगाए पो अर्थ होला ।’