कोरोनाको उपचार खर्चः नेकपाले आफ्नै घोषणापत्र र आफूले बनाएको संविधान बिर्सियो

Advertisement

काठमाडौं । तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र)को चुनावी घोषणापत्रको ९ नम्बर बुँदामा सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै लेखिएको छ, ‘स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गरिनेछ ।’

यस्तै नाराहरूका कारण चुनावमा गठबन्धनले बहुमत ल्याएपछि दुई पार्टी एकीकरण भएर नेकपा बन्यो । नेकपाको बहुमत रहेको संघीय संसद्ले संविधानमा व्यवस्था भएको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न २०७५ भदौ ३१ मा जनस्वास्थ्यसम्बन्धी ऐन पारित गर्‍यो । उक्त ऐनको दफा ४ को ‘ग’ मा सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ तर संवैधानिक व्यवस्था कार्यान्वयन गर्न बनाएको कानुनविपरीत नेकपा नेतृत्वकै सरकारचाहिँ कोरोना संक्रमणको उपचार खर्च संक्रमित आफैंले बेहोर्नुपर्ने भन्दै पन्छिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार विपन्नबाहेक अन्यको उपचार सरकारले गर्न नसक्ने घोषणा गरेको थियो ।

Advertisement

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यस्तो घोषणा आएसँगै सर्वसाधारण, विपक्षी दल र सत्तारूढ दलका नेताहरूले विरोध गरेका छन् । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement