नेबिकोले एकैसाथ बजारमा ल्यायो १० नयाँ प्रोडक्ट

Advertisement

काठमाडौँ । ‘नेबिको’ नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा विक्री वितरण शुरु गरेको कम्पनी आजसम्म पनि उपभोक्ताको मन जित्दै निरन्तर रुपमा बजारको ठूलो हिस्सा लिन सफल भएको छ ।नेबिको भन्ने वित्तिकै बिस्कुट भनेर झट्टृ दिमागमा आए पनि हालसम्म विभिन्न प्रोडक्ट क्याटेगरीमा आफ्नो उत्कृष्ट उत्पादनहरु वजारमा पठाई सकेको छ ।

हालसम्म नेबिकोले बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी विक्री बितरण गर्दै आएकोमा आजबाट ब्रेकफास्ट केरेल्स पनि पनि विक्री वितरण गर्ने भएको छ । ब्रेकफास्ट केरेल्समा कर्नफ्लेक्स, ओट्स र चोकोज रहेका छन् । नेबिको कर्नफ्लेक्स ३ सय ग्राममा उपलब्ध छ ।  जसको मूल्य रु. २००/– रहेको छ । त्यस्तैगरी नेबिको चोकोज ३५० ग्राम, जसको मूल्य रु.३००/– रुपियाँ र नेबिको ओट्स ५०० ग्राम र १ केजीको जारमा उपलव्ध छ । जसको मूल्य रु. २००/– र रु. ३८०/- प्रति जार रहेको छ ।  

Advertisement

त्यस्तैगरी नेबिकोले प्लाटिनम सिरिज  अन्तर्गत अन्तराष्ट्रिय स्तरको पाँच वटा भेराइटीका कुकिजहरु पनि बजारमा ल्याएको छ । जसको मूल्य निम्मानुसार रहेको कम्पनीले जनाएको छ ।   

१. वटर कुकिज(१५० ग्राम) रु ५०
२. जिरा कुकिज(१५० ग्राम) रु ५०        
३. काजु कुकिज(१२० ग्राम) रु ५० 
४.  चकलेट कुकिज(१२० ग्राम) रु ५०
५. सुगर फ्रि कुकिज(१५० ग्राम) रु ७५  

उपभोक्तको सल्लाह सुझाव अनुसार नै कन्फेक्सनरी अन्तरगत नेबिको पपस्टिक–लिच्ची फ्लेवर ललीपप पनि आजबाट नै विक्री वितरण गरिने कम्पनीले जनाएको छ । जसको मूल्य ५ रुपियाँ रहेको छ । 

Advertisement

Advertisement