मानिसबीचको छुवाछुत धार्मिक कुरा हैन, सामाजिक कुरिति होः भीम उपाध्याय

Advertisement

सबै धर्मका शास्त्रहरूमा, न हिन्दू सनातन धर्ममा छुवाछुत छ, न ईसाईमा छ, न ईस्लाममा छ र न शिखमा छ न बुद्धमा छ तर यी सबै समाजमा छुवाछुत आजसम्म पनि विद्यमान छ ।

म सबै प्रकारका विभेदको विरूद्धमा छु । म कुनै खालको छुवाछुत गर्दिन । म सहरमा बस्छु, त्यसैले मेरो ब्यवहारले गाउँका छुवाछुतमा कुनै फरक पार्दैन । कति सामाजिक,  कति निजी र कति कानुनी विभेद हुन् यसको सबैले भेद बुझ्न जरूरी छ । विशेष समाज र कुटुम्बमा परम्पराहरू होलान्, तिनलाई त्यति महत्व दिन जरूरी छैन तर मानव मानवबीचको ट्रान्जेक्सन र ईन्टरएक्सनमा छुवाछुत कदापी रहनु हुँदैन, त्यसो गरिनु मानवताबिरूद्धको अपराध हुन्छ । हाम्रो मुलुकलाई छुवाछुतमुक्त सभ्य समाज बनाईनु पर्छ । यो द्वन्दबाट हैन, समाजको संवेदनशिलता, समन्वय, सहिष्णूता, सहकार्यमार्फत मात्र संभव हुन्छ । अर्काको सम्मान गरेर मात्र हुन्छ । 

Advertisement

नेपाली समाजमा कतै कतै तिब्र र कतै कतै हटिसकेको विद्यमान छुवाछुतको चलन हटाउने अभियानमा एक नेपालीपनको अभिनव चाहिन्छ । नेपाल विभेदमुक्त आदर्श समाज भएको मुलुक बन्न सजिलै सक्छ तर यसका तरिका र साधन पनि उत्तिकै सही नविन सुझबुझपूर्ण तथा समन्वयकारी हुनुपर्छ । जातीय र धार्मिक राजनीति यसका कटू शत्रू हुन् । यसलाई जेनरलाईजेशन गरिनु नै समस्या बल्झाउने मूर्खका हो । 

भनिन्छ मित्रलाई शत्रू बनाउनु छ भने राजनीतिको कुरा गर, त्यो फेल भयो भने धार्मिक कुरा गर र त्यसले पनि फेल खायो भने जातीय कुरा उछाल । नेपालमा यी तिनै कुरा उछालेर समाधान खोजिदै आएको देखिन्छ। यहॉ कुतितिर हिडेर कॉशी पुग्ने दुस्साहस हुने गरेको छ । 

ईसाई,  ईस्लाम,  शिख धर्मावलम्वी समाजका मानिस मानिसबीचमा छुवाछुत हुन्छ । हुन त कुनै धर्मशास्त्रमा पनि छुवाछुत छैन र हुँदैन तर पनि सबै समाजमा छुवाछुत छ । यसलाई समाधान त समाजमा पसेरै, घुसेरै बसेरै समाधान खोजिनुपर्छ। सबै धर्मका पोथाहरू आदर्श नै हुन्छन्, त्यसको पालन गरेको भए समस्या नै आउने थिएन । त्यसैले तिनका बिरूद्ध त्यसमा आक्रमण गर्नु वा ब्यक्ति वा कुनै जातमाथि कुनै रूप रंगको आक्रमण गर्नु गन्तब्यहीन,  तारोहिन तिर हान्नु सरह हो । त्यसो गरिनु विद्यमान समस्यालाई झन्  बल्झाएर नर्कमा बस्ने रहर मात्र हुन्छ । 

कसलाई मजा आउछ हँ नर्कमा बस्न ? 

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)

Advertisement

Advertisement