टाटा मोटर्सले एकै दिन हस्तान्तरण गर्यो १११ वटा प्यासेन्जर भेहिकल

Advertisement

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालिले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । 

बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्री तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तिन दशक भन्दा धेरै समयदेखी टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधासम्पन्न गाडीको बिक्री बितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पुर्याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनीय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ । टाटा मोटर्सको  नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका रहेका छन । हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ ।

बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पुर्याउदै आईरहेको छ । साथै टाटा मोटर्सका गाडी खरीद गर्न चाहने खरीदकर्ताहरुले आफुलाई पायक पर्ने टाटा मोटस्का सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन् ।

Advertisement

Advertisement