कोरोनाको उपचार निःशुल्क नगरे कर नतिर्ने अभियान चलाउने काँग्रेसको चेतावनी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले कोरोनाको उपचार निःशुल्क नगरे कर नतिर्ने अभियान चलाउने चेतावनी दिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन्,‘उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले कर तिर्दिन भने कसरी धान्ने सम्माननीय ।’

उनले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह पनि गरेका छन् । उनले अघि लेखेका छन–‘उपचार निःशुल्क गर्ने घोषणा अविलम्व गर्न विनम्र आग्रह स्वीकार गर्नाेस कि नो ट्रिटमेन्ट नो ट्याक्स को वुलन्द जनअभियान सामना गर्न तयार बस्नोस । जय नेपाल ।’


Advertisement

Advertisement

Advertisement