३०९३ संक्रमित थपिए, १७०२ उपत्यकामै, थप ८ जनाको मृत्यु

Advertisement

काठमाडौँ । तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस बिफ्रिङ मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । १३ हजार ८ सय ६१ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकाकै १ हजार ७ सय २ जना छन् । देशभर कूल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार नाघेको छ । संक्रमित मध्ये ७ सय ६५ जनाको मृत्यु भइसकेको छ । आज मात्र ८ जनाको कोरोनाका कारण ज्यान गएको हो । 

Advertisement

कूल संक्रमित मध्ये हालसम्म ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् । आजैमात्र २ हजार १ सय ८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४१ हजार ७ सय ५५ जना रहेको छ । 

Advertisement

Advertisement