दशैं शुरु भएपछि लगातार तेश्रो दिन बढ्यो शेयर बजार, एनआईसी एशिया बैंकको उच्च कारोबार

Advertisement

काठमाडौँ । दशैँ पर्व शुरु भएपछि शेयर बजार लगातार तीन दिनदेखि दोहोरो अंकले बढिरहेको छ । साताको दोश्रो दिन सोमबार १३.५८ अंक, हिजो मंगलबार १३.२२ अंकले बढेको शेयर बजार आज पनि १३.९४ अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५९७.७१ अंकमा उक्लिएको छ । आज १९२ कम्पनीका ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपियाँ बराबरको कारोबार भयो । 

Advertisement

नेप्सेका अनुसार होटल समूह, जलविद्युत समूह, वित्त समूह र उत्पादनमूलक समूह बाहेक अरु समूहमा हरियाली छाएको छ । आज बैंकिङ र बीमा समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । निर्जीवन बीमा समूह ६४.२८ अंक र जीवन बीमा समूह ५७.९४ अंक, ट्रेडिङ समूह २३.४ अंक र बैंकिङ समूह २१.५५ अंकले बढेका हुन् । 

आज पनि जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.८४ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल फाइनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । हिजोमात्रै २० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयर आज सबैभन्दा बढी किनबेच भएको छ । एनआईसी एशियाको २४ करोड २९ लाख ५७ हजार ८ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  


 

Advertisement

Advertisement