पुँजी बजारका लगानीकर्ताले घरबाटै केवाइसी भर्न पाउने, अब एक ठाउँमा भरे ढुक्क

Advertisement

काठमाडौं । पुँजी बजारका लगानीकर्ताले पटक पटक केवाइसी भर्ने झण्झटबाट मुक्ति पाएका छन् । त्यति मात्रै होइन, अब ठाउँ ठाउँमा गएर केवाइसी भरिरहनुपर्ने आपतको पनि अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ स्वीकृत गरी कार्यान्वयनको लागि सिडिएस एण्ड क्लियरिङ्गमा पठाएको छ ।

यसले अब पुँजी बजारका लगानीकर्ताले घरमै बसेर विद्युतिय माध्यमबाट केवाइसी भर्न सक्नेछन् । त्यस्तै, एक ठाउँमा एक पटक केवाइसी भरेपछि अर्काे ठाउँमा भर्नुनपर्ने अवस्था पनि बनेको छ । अर्थात अब एक ठाउँमा केवाइसी भरेपछि लगानीकर्ताले अर्काे ठाउँमा त्यस्तै विवरण बुझाउनुपर्ने छैन् । 

नयाँ व्यवस्थाले लगानीकर्ताहरुलाई धितोपत्र वजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाएको छ । 
लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्नेछन् । 
मुख्य व्यवस्थाहरुः

१)    ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था,
२)     विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था,
३)     ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था,
४)  केवाईसी विवरण प्रयोग सम्वन्धी व्यवस्था,
५)  केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था,
६)  ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था,
७) केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था ।
 

Advertisement

Advertisement

Advertisement