महासंघमा चन्द्र ढकाल समूहद्धारा उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि हालका बुधबार उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकालसँगै उनको समूहका उपाध्यक्ष पदका प्रत्यासीहरुले पनि आजै उम्मेदवारी गर्दा गरेका छन् । 

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले महासंघको कार्यालय टेकु पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

Advertisement

वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका अर्का उपाध्यक्ष किशोर प्रधानले बिहीबार उम्मेदवारी दर्ता गर्ने जनाइएको छ । उनको समूहमा जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एशोसियट उपाध्यक्ष सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण गत चैत अन्तिम साता हुनुपर्ने निर्वाचन दुई पटकसम्म स्थगित भइसकेको छ । 

Advertisement

Advertisement