नेपालमा भारतको चलखेल बढ्यो, नरावणे आउनुअघि 'रअ'का प्रमुख सुटुक्क आएर फर्किए

Advertisement

काठमाडौं । नेपालमा भारतको चलखेल बढेको छ । भारतीय स्थल सेनाध्यक्ष एमएम नरावणे नेपाल आउने अन्तिम तयारी भइरहेको बेला भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । 

उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । गोयल ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे दिल्ली फर्किएको समाचार छ । औपचारिक नभई व्यक्तिगत वा धार्मिक भ्रमण जनाइएको उनको भ्रमण अर्थपूर्ण देखिन्छ । 

Advertisement

यही महिनाको तेस्रो साता मानार्थ सेनापतिको पदवी हासिल गर्न नरावणे नेपाल आउने तयारीमा छन् । उनलाई भव्य स्वागतको तयारीमा सरकार छ । चीनको उक्साहटमा नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका नरावणेको भ्रमणलाई लिएर जनस्तरबाट विराध भइरहेको बेला गोयल पनि सुटुक्क नेपाल आएर गएका हुन् । 

Advertisement

Advertisement