वायु प्रदूषणका कारण नेपालम ४१ हजार चार सयजनाको मृत्यु

Advertisement

काठमाडौं । वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । वायु प्रदूषणसम्बन्धी बुधबार सार्वजनिक प्रतिवेदन ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ मा यस्तो तथ्य समावेश गरिएको छ । अध्ययन अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ४१ हजार चार सयजनाको मृत्यु भएको थियो ।  

अमेरिकाको इनभाइरोमेन्टल प्रोटेक्सन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय निकायको सहयोगमा अनुसन्धानमूलक संस्था हेल्थ इफेक्ट्स इन्स्टिच्युटले बर्सेनि यो प्रतिवेदन तयार गर्छ । हावामा हुने अतिसूक्ष्म कण अर्थात् पिएम २।५ प्रदूषण, ओजोन ग्यास प्रदूषण र घरायसी वायु प्रदूषणको समष्टि वायु प्रदूषण मानिन्छ ।

Advertisement

प्रतिवेदनअनुसार हावामा हुने अति सूक्ष्म कण अर्थात् पिएम २।५ प्रदूषणका कारण सन् २०१९ मा १७ हजार नौ सय र ओजोन ग्यास प्रदूषणका कारण ६ हजार ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ । सन् २०१८ मा पिएम २।५ प्रदूषणका कारण १६ हजार ७ सय र ओजोन ग्यास प्रदूषणका कारण ५ हजार ८ सयजनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१९ मा घरायसी वायु प्रदूषणका कारण नेपालमा २१ हजार ६ सयजनाको मृत्यु भएकोे प्रतिवेदनमा जनाइएको छ । घरायसी वायु प्रदूषणबाट हुने मृत्युदरमा सन् २०१८ को तुलनामा २०१९ मा केही कमी भएको छ । सन् २०१८ मा घरायसी वायु प्रदूषणका कारण २२ हजार २ सयजनाको मृत्यु भएको अनुमान गरिएको थियो । 

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement