माधव नेपालले सामन्थ गोयललाई भेट्नु भएको छैन: सचिवालय

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट नगरेको नेपालको सचिवालयले स्तष्ट पारेको छ । नेता नेपालको सचिवालयले बरिष्ठ नेता नेपालले भारतीय गुप्तचर विभागका प्रमुख गोयलसँग भेट नगरेको उनको सचिवालयले स्पष्ट पारेको हो ।

‘बरिष्ठ नेता कमरेडले बजारमा हल्ला गरिएको जस्तो कसैसँग भेट गर्नु भएको छैन्, सबै हल्लाहरु निराधार हुन’, नेपालको सचिवालयले कर्पाेरेट नेपालसँग भन्यो । रअका प्रमुख गोयल नेपाल भ्रमणमा आएको र प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल, काँग्रेस सभापति देउवा लगायतसँग भेटघाट गरेको समाचार बाहिरिएको छ । 

बरिष्ठ नेता नेपालको सचिवालयले बजार हल्लाको पछि नलाग्न आग्रह गर्दै त्यस्तो कुनै पनि भेटघाट नभएको स्पष्ट पारेको हो । 
 

Advertisement

Advertisement

Advertisement