एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको १४औँ वार्षिक साधारण सभा मंसिर ५ गते हुने भइको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी काठमाडौँमा वेबीनारमार्फत साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांस(प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि मात्र) पारित गर्ने छ । 

Advertisement

वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते १ दिनको लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

 

Advertisement

Advertisement