कुमारी बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश, नगद र बोनस शेयर कति–कति ?

Advertisement

काठमाडौँ । कुमारी बैंकले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ । 

बैंक सञ्चालक समितिको हिजो साँझ ७ बजे बसेको बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्र भण्डारीले जनाएका छन् । 

Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने सीईओ भण्डारीले बताए ।  


 

Advertisement

Advertisement