प्रधानमन्त्री ओली र 'रअ'का प्रमुख गोयलबीच औपचारिक भेटघाट

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्थ गोयलबीच औपचारिक भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग गोयलले भेट गरेका हुन् । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले औपचारिक भेटघाट भएको बताएका हुन् । गोयलले बुधबार बेलुकी बालुवाटार पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा  नेपाल भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा कुराकानी भएको थापाले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement