३६३७ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामै १५५२ जना

Advertisement

काठमाडौँ । तीन हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

Advertisement

आज थपिएकासहित कूल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । ती ८१२ जनाको मृत्यु भइसकेको छ । हालसम्म १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजैमात्र ३२१५ जना संक्रमणमुक्त भएका छन् । 

आज थपिएका कोरोना संक्रमित मध्य काठमाडौँ उपत्यकाकै १५५२ जना छन् । ती मध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । 
 

Advertisement

Advertisement