कुमारी बैंकले उपत्यका बाहिर बिस्तार गर्यो ३ नयाँ शाखा

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यका बाहिर तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल हुन् । 

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Advertisement

विगत २० वर्ष देखी आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाईहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा दिंदै आएको बैंकको निक्षेप रु १२२ अर्ब र कर्जा लगानी रु ११५ अर्ब रहेको छ ।

Advertisement

Advertisement