सिटिजन्स बैंकले पहिलो त्रैमासमा कमायो ५१ करोड ५५ लाख, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपियाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा ४७.६६ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ९१ लख ६९ हजार रुपियाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ९२ लाख ९४ हजार रुपियाँ रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८.४७ प्रतिशतले बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ७० करोड ८३ लाख २५ हजार रुपियाँ खुद ब्याज आम्दानी कमाएको थियो । यता, बैंकको सञ्चालन नाफा भने ४९.८४ प्रतिशतलले बढेर ७३ करोड ३० लाख ७५ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४८ करोड ९२ लाख १३ हजार रुपियाँ मात्रै नाफा कमाएको थियो । 

Advertisement

बैंकको खराब कर्जा ०.९८५ बाट बढेर १.४३ प्रतिशत पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २२ रुपियाँ ६९ पैसा छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ । असोज मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपियाँ रहेको छ । त्यसैगरी बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकमा सिटिजन्सले पहिलो बनेको छ ।

Advertisement

Advertisement