स्ट्याण्डर्ड, नेपाल एसबीआई, हिमालयन, लक्ष्मी र एनबीबाहेक अरु बैंक कर्जा बढाउन सफल

Advertisement

काठमाडौं । कोरोना महामारी बीच उद्योग व्यवसाय अस्तव्यस्त रहन्दा प्रभावित बनेको बैंकहरुको कर्जा प्रवाहमा यतिवेला क्रमशः सुधार भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणी आकर्षण गर्न कर्जा प्रवाहमा विभिन्न स्किम ल्याएको एनआईसी एशिया बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

तर यसअवधिमा २७ ओटा वाणिज्य बैंकमध्ये ५ओटा बैंक (स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, हिमालयन, लक्ष्मी र नेपाल बंगलादेश बैंक)ले भने कर्जा बढाउन सकेनन्  । बैंकर्स संघको तथ्यांक अनुसार गत असोज मसान्तसम्ममा २७ ओटा वाणिज्य बैंकबाट थप रू. १ खर्ब २९ अर्ब २५ करोड कर्जा प्रवाह भई कुल रू। ३० खर्ब ३४ अर्ब ५६ करोड पुगेको छ ।

Advertisement

उक्त अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने अग्र स्थानमा रहेको एनआईसी एसियाले थप रू. २९ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । यसरी उसको असोजसम्म कुल कर्जा प्रवाह रू. २ खर्ब ३ अर्ब ६० करोड पुगेको छ । उक्त कम्पनीले शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरको संख्या बढेकोले मुलुकभर कर्जा प्रवाह हुँदा कर्जा लगानी बढेको बताएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement