‘क्लिन फिड कानुन उल्लंघन गर्दै नेपाली टेलिभिजनद्धारा  ‘डबिङ’ विज्ञापन प्रसारण जारी

Advertisement

काठमाडौं । क्लिन फिड लागू गर्नुपर्ने बताउँदै आएका नेपालका टेलिभिजन आफैले क्लिन फिडसम्वन्धी कानुन उल्लंघन गरेका छन् । उनीहरुले  ‘डबिङ’ गरिएका बहुर्राष्ट्रिय कम्पनीका विज्ञापनहरु प्रसारण जारी राखेका हुन् । 

कानुनले  ‘डबिङ’ गरिएका विज्ञापनहरु प्रतिष्थापन गर्न एक बर्षको समय दिए पनि उनीहरुले घटेर गर्दै शनिबार पनि भारतीय बहुराष्ट्रिय कम्पनीका विज्ञापन प्रसारण गरेका हुन् । क्लिन फिड लागू गर्न नमानेको भन्दै केवल टेलिभिजन सेवा प्रदायकहरुको आलोचना गर्ने नेपालका टेलिभिजनहरुले निहीत आर्थिक स्वार्थका लागि कानुन उल्लंघन गरेर  ‘डबिङ’ गरिएका विज्ञापनहरु प्रसारण जारी राखेको पाइएको छ । यसरी अनधिकृतरुपमा विज्ञापन प्रसारण गर्नेमा हिमालय, कान्तिपुरलगायतका टेलिभिजन रहेका छन् । 

Advertisement

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कात्तिक ८ गतेबाट कार्यान्वयनमा आएरै छाड्ने भन्दै यस यो लागू नगर्नेहरुलाई कारवाही गर्ने शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारिसकेको छ । मन्त्रालयले आफ्नो प्रतिवद्धताअनुसार  ‘डबिङ’ गरिएका विज्ञापन प्रसारण गर्नेहरुलाई कारवाही गरेर देखाउनुपर्ने हुन्छ । 

 

Advertisement

Advertisement