अमेरिकी राजदूतको दशैं कुटनीति, महाअष्टमीमा खसीको मासु पकाएर खाए (भिडियो)

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको महाअष्टमीको दिन नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले खसीको मासु पकाएर खाएका छन् । स्थानीय कला संस्कृतिको नक्कल गर्दै नेपालीको मन जित्ने कुटनीति अपनाउन सिपालु बेरीले अहिले दशैं कुटनीति अपनाउँदै खसीको मासु पकाएर खाएका हुन् । 

उनले खसीको मास आफै पकाएर खाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालीहरुलाई दशैंको शुभकामना दिएका हुन् । बेरीले आफूले नेपालमा धेरै पटक दशैं मनाएको स्मरण गर्दै यसपटक आफ्नै हातले खसीको मासु पकाएर नयाँ तवरले मनाएको बताएका छन् । 

Advertisement

Advertisement

Advertisement