पूर्वमन्त्री जनार्दन शर्मालाई पनि कोरोना संक्रमण

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा र पत्नी लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । 

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।

Advertisement

पूर्वमन्त्री शर्माका भाई नेकपाका नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । शर्मा होम आइसोलेसनमा रहेका छन् । 

Advertisement

Advertisement