खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको मात्रै निःशुल्क उपचार गरिदिनुः स्वास्थ्य मन्त्रालय

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आइतबार सबै अस्पताललाई आग्रह गरेको छ ।

सरकार संविधानको मौलिक अधिकार, अदालतको आदेश, आफ्नै पार्टीको घोषणाबाट पन्छिँदै कोरोना संक्रमितको उपचारबाट पन्छिएको भन्दै चौतर्फी आलोचनापछि खर्च व्यहोर्न नसक्नेको मात्रै निःशुल्क उपचार गर्न भन्दै अस्पतालहरुलाई निर्देशन दिएको हो । 

Advertisement

प्रतिपक्षी दलहरुसहित नागरिक समाज र सर्वसाधारणले संक्रमित सबैको निःशुल्क उपचारको माग गरेका छन् । तर सरकार आर्थिकरुपमा धान्न नसकिने भन्दै खर्च व्यहोर्नेको मात्रै निःशुल्क उपचार गर्न तयार भएको हो । 
 
यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । आजको निर्णय पनि त्यसमा खासै अन्तर देखिन्न । 

Advertisement

Advertisement