कोरोना संक्रमणबाट नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन

काठमाडौँ । नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौड्यालको आज निधन भएको छ । कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । 

कोरोना संक्रमण भए पनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको र पछि ह्याम्स अस्पतालमा सारिएको पारिवारिक श्रोतले जनाएको छ । 

नबिल बैंकमा पौड्याल २०४२ सालदेखि संचालक थिए । नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पौडेल राष्ट्रिय बीमा संस्थानको कायर्कारी अध्यक्ष समेत भएका थिए ।  गत असोज २० गते उनी नबिल बैंकको सञ्चालकबाट बाहिरिएका थिए । 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहले पौड्यालको निधनबाट नबिल बैंकले एकजना पिलर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।