यो बर्ष दशैंतिहारमा कुन मोटरसाइकल किन्दा कस्तो छ अफर ?

Advertisement

काठमाडौं । नेपालीहरुको महान चार्ड बडा दशैं सकिने क्रममा रहे पनि चाडपर्वको माहोल जारी छ । दसैंतिहारकोको माहोलसँगै आर्थिक क्रियाकलाप पनि बढेको छ । यही समयमा खरिद धेरै हुने भएकाले व्यवसायी पनि ग्राहक तान्न लालयित हुने गर्छन् । ग्राहकलाई आफ्नो ब्राण्ड वा उत्पादनप्रति आकर्षित गर्न कम्पनीहरुले दसैंतिहारको समयमा अफरको बहार ल्याउने गर्छन ।  

दसैं तिहारको सवारीसाधन बिक्रीका हिसाबले उर्बर मानिन्छ । दसैं तिहारको एक महिनाको समयमा करिब ४० प्रतिशत कारोबार हुनेगर्छ । ठूलो कारोबार हुने भएकाले ग्राहकलाई आकर्षित गर्न विभिन्न अफर ल्याउने गरिन्छ । चाडपर्वको छुट तथा सहुलियतको आशमा हुन्छन् । विभिन्न अफर तथा छुट प्राप्त हुने भएकाले उपभोक्ता सामान खरिदका लागि दसैंतिहार पर्खिएर बसेका छन् । यस वर्षको दसैंतिहारका लागि बजारमा उपलब्ध सवारीसाधनका योजना यस्ता छन् । 

Advertisement

०००

बेनेली
बेनेली मोरसाइकलको आधिकारीक बिक्रेता युनिटी ट्रेडिङले ‘दसैं तिहार छट अफर’ ल्याएको छ । यो अफर अवधिभर बेनेलीका विभिन्न मोटरसाइकल खरिदमा आठ हजारदेखि ३५ हजार रुपियाँसम्म नगद छुट प्राप्त गर्न सकिन्छ । साथै कम्पनी  शून्य प्रतिशत व्याजदर, मोटरसाइकल कभर, हेल्मेट निःशुल्क तथा एक्सचेन्ज अफर पनि ल्याएको छ ।

०००

बीएमडब्लयू

बीएमडब्ल्यू मोटरसाइकलको खरिदमा ग्राहकले ६० हजार रुपियाँ नगद छुट पाउने छन् । नेपालका लागि बीएमडब्ल्यू मोटरसाइकलको आधिकारी बिक्रेता हिमालयन मोटोराडले सार्वजनिक गरेको ‘बीएमडब्ल्यू दसैं अफर’मा ग्राहकले यस्तो छुट पाउने भएका हुन् । नेपालमा बीएमडब्ल्यूका जी ३१० आर र जी ३१० जीएस बिक्री भइरहेको छ । 

०००

होण्डा
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दसैंलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई एक रुपियाँमा होण्डा’ नामक अफर ल्याएको छ । यस्तै, मोटरसाइकल वा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत एक लाख रुपियाँसम्म नगद छुट, सात वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ र सात वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट पाउने छन् । 

०००

यामाहा
यामाहाले दसैंमा ‘कार्बुरेटर छोडौँ, एफआई चढौं’ अभियान सुरु गरेको छ । एफआई इन्जिन भएको यामाहाको बाइक र स्कुटर खरिद गर्नेलाई कम्पनीले आठ हजार नगद छुटका साथै एक्सचेन्ज गर्न चाहनेका लागि प्रचलित बजार मूल्यभन्दा बढी मूल्यांकन गर्ने घोषणा गरेको छ । साथै, ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर र सबै मोडेलहरू १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् ।

०००

हिरो
हिरोले ‘दसैंको पर्व हिरोत्सवको हर्ष हिरोसँग सबै दङ्ग...’ योजना ल्याएको छ । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक एनजीएमले ल्याएको अफरमा ग्राहकले नगद छुट ५ हजार रुपियाँ प्राप्त गर्नेछन् । यसका अलावा स्क्रायचकाड मार्फत नगद १ हजारदेखि १ लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ । 

यस्तै यो योजना अवधिभर दुई जना लक्की ड्र मार्फत छानिने बिजेताले एक एक लाख रुपियाँ नगद जित्न सक्नेछन् ।

०००

टीभीएस
टीभीएसले आउँदै गरेको ठूला चाडपर्व दशैं र तिहारलाई मध्यनजर गर्दै ‘टीभीएस दसैंको आशा’ योजना सार्वजनिक गरेको छ । टीभीएसको कुनै पनि मोटरसाइकल खरिद गर्दा नौ हजार र स्कुटर खरिदमा सात हजार रुपियाँ छुट पाइनेछ । ग्राहकले नगद छुट नलिएर शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा पनि लिन सक्नेछन् । मोटरसाइकल नकिने पनि बम्पर उपहारका रूपमा हरेक हप्ता एकजनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

०००

बजाज
बजाज मोटरसाइकलले ‘बजाज रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने’ योजना ल्याएको छ । बजाजको नेपाली विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीको योजनाअन्तर्गत फुल क्यास बुझाएर बजाज बाइक किन्ने ग्राहकहरूले १० हजार रुपियाँसम्म नगद छुट वा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउन पेमेन्टमध्ये कुनै एक सुविधा लिन पाउनेछन् ।

०००

सुजुकी
सुजुकी मोटरसाइकलको तथा स्कुटरको खरिदमा नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले १२ हजार नगद छुट दिने भएको छ । साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ । 

०००

रनर
रनर मोटरसाईकलको खरिदमा ग्राहकले ५१ हजार रुपियाँसम्म छुट पाउनेछन् । रनर मोटरसाइकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले कुनैपनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा ३० हजार न्युनतम मुल्यांकन गरिने जानकारी दिएको छ । 

००००
हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वेलकम टु हुण्डाई परिवार नामक योजना ल्याएको छ । योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपियाँसम्मको नगद छुट पाउन सक्नेछन् । 

त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुण्डाई औरा एउटा र हुण्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन् । साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ पाउनेछन् । 
टाटाले ‘यो दसैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ । टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङले प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकले हात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एयर म्याजिकलगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्टफोन, ट्याबलेट उपहार पाइनेछ । साथै, एक वर्षको फ्री सर्भिसिङ कुपन पनि पाइनेछ । गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाइनेछ । लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउनेछन् ।

कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कियाको अल न्यु सेल्टोस र स्पोर्टेज मोडलका गाडीमा चार लाख रुपियाँसम्मको डिस्काउन्ट पाउन सकिन्छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्नेछ । 

सुजुकी गाडीको नेपाली विक्रेता सिजी मोटोकोर्पले तीन लाख ५० हजार नगद छुटसहितको पर्वाेत्सव ग्राहक योजना सार्वजनिक गरेको छ । साथै ग्राहकले दुई लाख रुपियाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका एसेसोरिजहरु निःशुल्क पाउने कम्पनीले जनाएको छ । साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार समेत पाउनेछन् ।

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् । साथै नौ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपियाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले ३५ हजार ९ सय ९९ रुपियाँबराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।

डीएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले प्रिमियम एसयुभी खरिदमा ४ लाख रुपियाँसम्म नगद छुट दिने योजना ल्याएको छ । कम्पनीले तत्काल डाउन पेमेन्ट नहुने ग्राहकको समस्या विचार गरेर १० लाख रुपियाँ बुझाएर पनि गाडी किन्ने सकिने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयुभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्थासमेत गरेको छ । साथै गाडी किन्ने ग्राहकले लक्की ड्रमार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस  अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ सुपर डिस्काउन्ट’ ल्याएको छ । जहाँ ग्राहकहरूले यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी, एक्सएलभी’ मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् 

एमजीले चाडवर्प लक्षित आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ । एमजीले नगद छुट, एक वर्षको बीमा, थप एसेसोरिज, एक वर्षको सडक दस्तुर र लोयलटी वोनस दिने घोषणा गरेको छ । एमजीले आफ्नो जिएस मोडलमा ३ लाख नगद छुट र ५० हजारसम्मको लोयलटी वोनस दिने जनाएको छ । एमजीकै जेडएसमा भने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउनेछन् । एमजीको सेडान कार एमजी ६ मा भने कम्पनीले थप छुटको घोषणा गरेको छ । 

होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ । योजनाअनुसार ४.२५ प्रतिशतसम्म सस्तो ब्याजदरमा होण्डका कार किन्न सकिने छ । होण्डाका कार ३० प्रतिशतसम्मको डाउन पेमेन्टमा किन्न सकिनेछ । विभिन्न कारहरुमा फरक फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुट अन्तर्गत एउटै कारमा १० लाख रुपियाँ सम्म छुट पाइने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement