दिन कटाउन गाह्रो भयो ? सेयर बजारबारे ज्ञान दिने यी १२ चलचित्र हेर्नुस्

Advertisement

काठमाडौं । यसपाली पोहोरपरार जस्तो दसैंको टीका लगाएर हलमा नयाँ चलचित्र हेर्न जाने माहोल छैन । कोरोना महामारीका कारण सबै हलहरु बन्द छन् । संक्रमणको समयमा घुम्न जाने, रमाइलो गर्ने अवस्था पनि । 

के तपाईं तपाईंको दसैंको फुर्सदिलो समयमा समय कटाउनेसँगै सेयर बजारको पनि ज्ञान लिन चाहनुहुन्छ ? हामीले केही चलचित्रहरु सिफारिस गर्दछौं, जसले सेयर बजारको बारेमा ज्ञानसँगै मनोरञ्जन पनि दिन्छ । 

Advertisement

१) गफ्ला
बलिउडमा बनेको चलचित्रमध्ये ‘गफ्ला’ पनि एक हो । ४ हजार २५ करोड रुपियाँको घोटलाको विषयमा बनाइएको थियो । जसलाई हर्सल मेहताले वास्तविक जीवनमा घटना गराएका थिए । सोही घटनालाई आधारित बनाएको बनाइएको गफ्ला चलचित्रमा कसरी सानो सहरबाट आएको एक युवक जसलाई जीवनमा निकै कम अवसरहरु पाएको छ ऊ कसरी ठूलो खेलाडी बन्यो र कसरी अवसान भयो भन्ने विषय उतारिएको छ । जसको मुख्य सन्देश आफ्नो सबै सम्पत्ति कहिले सेयरमा नलगाउनु होस भन्ने दिएको छ ।

२) बाजार
बाजार मेनस्ट्रिम मुभी हो जसमा सेफ अलि खानले मुख्य भूमिका निर्वाह गरेका छन् । जसमा सेफ अलि खानको व्यक्तित्वलाई पछ्याउँदै सानो सहरबाट एकजना युवक मुम्बई पुग्छ । खानलाई रोलमोडल मानेर काम गर्छ र एकदिन खानसँग काम गर्न पुग्छ । खानसँग मिलेर काम गर्दा कसरी सेयर बजारभित्रको कन्सेप्ट अफ होस्टायल टेक ओभर, इन्साइडर ट्रेडिङ कसरी हुन्छ भन्ने थाहा पाउँछ । सेयर बजारमा रुचि राख्नेका लागि यो चलचित्र भरपूर ज्ञान र मनोरञ्जन समेत दिन्छ । कसरी सेयर बजारमा रानीतिकको खेलको पनि विषय समावेश गरिएको छ ।

३) द वोल्फ अफ वाल स्ट्रिट जर्नल
यो चललित्र जोर्डन वेल्फोर्ट नामक ब्रोकरको वास्तविक जीवनमा आधारित छ । जसको भूमिकामा लियार्दोे डिकार्पियो छन् । वेल्फोर्ट कसरी सेयर बजारमा आफ्नो एग्रेसिभ स्टाइलले चर्चित भए र विलासी जीवनशैलीको चक्करमा कसरी क्राइम र भ्रष्टाचारमा पर्छन भन्ने कुरा राम्रोसँग उतारिएको छ । कसरी उनी पक्राउ पर्छन भन्ने छ । चलचित्रले सेयर बजारको खेलमा कहिल्यै पनि सटकट नलिनु भन्ने सन्देश दिएको छ ।

४) मार्जिन कल
सन् २००८ मा विश्वबजारमा आएको आर्थिक मन्दीको समयको विषयलाई उठान गरिएको छ । तत्कालिन समयमा २४ घण्टा पहिले एक कम्पनीमा कसरी लगानी गरेर एउटा कम्पनीले फसेको थियो र कसरी बाहिर आएको थियो भन्ने विषय उतारिएको छ । कसरी मानिसहरु गलत आचरणका कारण सेयरको खेलमा फस्छन भन्ने देखाइएको छ ।

५) वाल स्ट्रिट
यस चलचित्रमा कसरी एक युवकले इन्साइडर ट्रेडिङ र अन्य गैरकानूनी प्रयोगमार्फत सेयर बजारमा खेल खेल्छन भन्ने विषयलाई उतारिएको छ । तर पछि यस चक्करमा कैयन लगानीकर्ताको जीवन बर्बाद भएपछि सबै ठीक गर्नतर्फ लाग्छ । यस चलचित्रमा छिटो पैसा कमाउनका लागि गलत काम गर्नुहुँदैन र यसले जीवनमा आफैलाई घाटा गराउँछ भन्ने पाठ सिकाएको छ ।

६) द बिग सर्ट
यो चलचित्र सन् २००८ मा देखिएको आर्थिक संकटसंग सम्बन्धित छ । यो चलचित्रले चारवटा लगानीकर्ताको समूहको कथा बोकेको छ, जसले रियल स्टेटमा दाउ लगाएर नाफा कमाउने सम्भावना देखेको हुुन्छ । यो चलचित्र आर्थिक पत्रकार माइकल लिवाइसले लेखेको पुुस्तक “द बिग सर्टः इन्साइड द डुुम्स डे मेसिन” मा आधारित छ । 

७) इक्वीटी
यो चलचित्रले नाओमि बिस्अप भन्ने पात्रको चित्रण गरेको छ, जो एक इन्भेष्टमेन्ट ब्याङ्कर हुन्छिन् र उनले एउटा ठूलो टेक कम्पनीको आइपिओ निकाल्ने जिम्मेवारी पाएकी हुन्छिन् । तर यस क्रममा उनी आफ्नो ब्वाइफ्रेन्डसँग इन्साइडर ट्रेडिङमा फस्छिन् । यो चलचित्रले तपाइलाई इन्भेस्टमेन्ट बैंकिङ र आइपिओको बारेमा गहिरोसँग जानकारी दिने काम गर्दछ । यसका साथै यस चलचित्रले धोकाको बारेमा पनि राम्ररी चित्रण गरेको छ ।

८) बोइलर रुम
यो चलचित्र बिचैमा कलेज छाडेको एक विद्यार्थीमा आधारित छ । जुुन पात्रलाई कलाकार जियोभान्नी रिबीसीले निभाएका छन् । कलेज छोडेको उक्त पात्रले धोका गरेर एउटा कुुख्यात कम्पनीका लागि बन्द र नक्कली कम्पनीको सेयर बेच्ने गर्दछ । यो चलचित्रमा भिन डिजेललाई पनि पदार्पण गरिएको छ । उनी फस्ट एण्ड फ्युुरियसमा खेल्नुुभन्दा अगाडिको फिल्म हो यो । 

९) बारबारियन्स एट द गेट
नाम जस्तै यो चलचित्रमा कुुनै पनि बारबाररियनलाई पर्दामा प्रस्तुुत गरिएको छैन । यसमा त पूर्व आरजेआर नाबिस्कोका सिइओ एफ रोस जोनसनको सत्य घटनालाई देखाइएको छ । जसले “लिभरेज्ड बाइआउट” का माध्यमबाट नाबिस्कोलाई खरीद गर्न प्रयास गरेको हुुन्छ । संक्षेपमा, जोनसनले कम्पनीका सयौं कर्मचारीको खर्चबाट आफूलाई धनी बनाउन कम्पनीलाई अधिग्रहण गर्ने सोच बनाएको हुुन्छ । यसको अन्त्य कसरी हुुन्छ ? त्यसका लागि तपाइले यो चलचित्र हेर्नुुपर्ने हुुन्छ । 

१०) रग ट्रेडर
यो चलचित्र निक लिसन नामको एक डेरीभेटिभ ब्रोकरको सत्यकथामा आधारित छ । जुुन पात्रलाई इवन मेगग्रेगरले निभाएका छन् । ब्रोकरले सन् १९९५ मा बेलायतको २३३ वर्ष पुुरानो बेरिङ बैंकलाई टाट पल्टाइदिएका थिए । चलचित्रमा यसै घटनालाई प्रस्तुुत गरिएको छ । लिसनलाई उनको खराब व्यापारिक बानीव्यहोरा र गलत कारोबारका कारण सिंगापुुरमा जेल चलान गरिएको थियो । यदि तपाई “ह्वाइट कलर” न्यायमा विश्वास गर्नुु हुुन्छ भने यो चलचित्र तपाइका लािग हेर्न योग्य हुुनेछ । 

११) टू बिग टू फेल
यो चलचित्रले पनि सन् २००८ को आर्थिक संकटलाई पर्दामा उतारेको छ । यो फिल्म विशेष गरेर इन्भेष्टमेन्ट बैंक बियर स्र्टनस्को बेलआउटमा, प्रतिस्पर्धी लेम्यानका  भाइहरुको निधन र कसरी ‘मोटेज ब्याक्ड सेक्युुरिटिज’ले वाल स्ट्रिटबाट मेन स्ट्रिटमा संकट फैलाउँछ भन्ने विषयमा केन्द्रीत छ । यसका साथ यसमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आफ्ना मेकानिजम र नीतिहरुबाट कसरी वित्तीय बजारलाई स्थिर राख्यो भनेर देखाइएको छ । 

१२) अदर पिपुल्स मनि
यो चलचित्र कर्पाेरेट रेडर ‘ल्यारी द लिक्युुडेटर’ (ड्यानी डेभिटो) को कथामा आधारित छ । जसले एउटा केवल कम्पनीलाई हस्टाइल टेकओभर गर्ने निधो गर्दछ । जुुन ८० र ९० को दशकमा कम्पनी अधिग्रहण गर्ने एउटा चर्चित नीति थियो । 

Advertisement

Advertisement