रासायनिक मल नहाले पनि यस बर्ष धान उत्पादन नघट्ने

Advertisement

काठमाडौं । रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

तर पर्याप्त धान फल्ने तराइ क्षेत्रमा रोग र किराका कारण उत्पादकत्व भने नबढ्ने चिन्ता रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

Advertisement

विगतका वर्षहरूमा धान नरोपिने जमिनमा पनि यस वर्ष पर्याप्त वर्षा भएकाले धान रोपिएको र त्यसैकारण धान उत्पादनको अवस्था राम्रो रहेको किसानहरू बताउँछन्।

रासायनिक मल अभाव नहुँदो हो त यस वर्ष सर्वाधिक धान फल्न सक्ने अवस्था रहेको किसान तथा कृषिविद्हरू बताउँछन्।

नेपालका झन्डै २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये पाँचदेखि १० प्रतिशत बाँझो रहेको सरकारी आकलन छ

गत आर्थिक वर्ष २०७६।७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस वर्ष धान उत्पादनको क्षेत्र बढेको मन्त्रालयको तथ्याङ्क छ।

रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

बीबीसी नेपालीबाट ।

Advertisement

Advertisement