डिशहोममा ‘क्लिन फिड’सहित आईपीएलको लाइभ प्रसारण सुचारु

Advertisement

काठमाडौं । मुलुकभर सबैभन्दा ठूलो सञ्जाल भएको टेलिभिजन सेवा प्रदायक डिशहोममा ‘क्लिन फिड’सहित जारी इन्डियन प्रिमियर लिड (आईपीएल)को प्रत्यक्ष प्रसारण सुरु भएको छ । 

‘क्लिन फिड’ कार्यान्वयन गर्ने क्रममा केही दिनदेखि रोकिएको स्टार स्पोर्ट च्यानलको प्रसारण बुधबारबाट सुचारु भएको हो । आईपीएलमा नेपाली युवाहरुको निकै आकर्षण रहँदै आएकोमा स्टार स्पोर्टको प्रसारण रोकिँदा उनीहरु निराश थिए । डिशहोमका मुलुकभर १५ लाख भन्दा बढि सक्रिय उपभोक्ता छन् । 

Advertisement

स्टार स्पोर्टले नै विज्ञापनरहीत गरी कन्टेन्ट उपलब्ध गराउन थालेपछि डिशहोमले उक्त च्यानलको प्रसारण सुचारु गरेको हो । डिशहोमका एक अधिकारीले प्रसारण रोकिँदा आईपीएलका फ्यानहरुमा परेको असरप्रति आफूहरु दुखित रहेको बताउँदै अब प्रत्यक्ष खेल हेर्न सकिने बताए । 

सिस्टमलाई कन्फिगर गरी ‘क्लिन फिड’सहित प्रसारण गर्नसक्ने अवस्थामा आफूहरु पुगेको बताउँदै उनले अरु च्यानलहरु पनि क्रमसः प्रसारण गर्दै जाने बताए । 

Advertisement

Advertisement