धमाधम लाभांश घोषणा गर्दै बाणिज्य बैंकहरु, अहिलेसम्म कसको कति ?

Advertisement

काठमाडौं । पुँजी बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेर बसेका बाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट लाभांश घोषणा गरेका हुन् । २७ वटा बाणिज्य बैंकहरुमध्ये अधिकांश यतिबेला लाभांश घोषणा गर्ने अन्तिम तयारीमा छन् । 

हालसम्म ७ वटा बाणिज्य बैंकहरुले भने लाभांश घोषणा नै गरिसकेका छन् । ति बैंकहरुको प्राथमिकतामा पनि बोनस सेयर नै परेको देखिन्छ । लाभांशको आकार अनुसार ति बैंकहरुको सेयर मूल्यमा पनि उचार चढाव आईरहेको छ । 

एक नम्बरको रेसमा रहेको एनआइसी एसिया बैंकले १९ प्रतिसत बोनस र एक प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र तीन प्रतिसत नगदसहित १६ प्रतिशत लाभांश दिने भनेको छ । कुमारी बैंकले पनि १० प्रतिशत बोनस र चार प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा दिने भनेको छ । 

ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस सेयर र दुई प्रतिसत नगदसहित १६  प्रतिशतको लाभांश घोषणा गरेको छ । उता, माछापुच्छ्रे बैंकले ७.०३ बोनस र तीन दशमलब ३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

 सानिमा बैंकले पनि १० प्रतिशत बोनस र तीन दशमलब ६ प्रतिसत नगदसहित १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्स बैंकले सात दशमलब सात प्रतिशत बोनस र तीन दशमलब तीन प्रतिसत नगद सहित ११ प्रतिसत लाभांश घोषणा गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement