झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम भने उच्च

Advertisement

काठमाडौँ । दशैँ पछि हिजो पहिलो दिन खुलेको शेयर बजार ४२.२० अंकले बढ्दा हौसिएका लगानीकर्ताहरु आज भने केही निराश भएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज झिनो अंकले शेयर बजार घटेको छ । आज १.७८ अंकले बजार घटेको हो । ०.११ अंकले बजार घट्दा नेप्से परिसूचक १६४५.६७ अंकमा झरेको छ । 

Advertisement

आज १९२ कम्पनीका १ करोड ३ लाख ६५ हजार ६ सय ७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपियाँ बराबरको कारोबार भएको छ । शेयर बजार झिनो अंकले घटे पनि कारोबार रकम भने हिजो भन्दा बढेको छ । हिजो १८८ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपियाँ बराबरको कारोबार भएको  थियो ।  

शेयर बजार घटे पनि ट्रेडिङ समूह १४.९५ अंक, जलविद्युत समूह ६.७५ अंक, निर्जीवन जीवन बीमा समूह ३९.८९ अंक, अन्य समूह ५.८३, लघुवित्त समूह १२.७४ र जीवन बीमा समूह भने ८.८६ अंकले बढेका छन् । अरु समूह भने राताम्मे भएको नेप्सेले जनाएको छ । 

आज शिवश्री हाइड्रो पावरका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक शेयरधनीहरुले सबैभन्दा बढी ३.९७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज सबैभन्दा बढी प्राइक कमर्सिलय बैंकको शेयर किनबेच भएको छ । प्राइमको १३ करोड ७८ लाख १ हजार ३ सय ६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement